नयाँ गठबन्धनको चार सदस्यीय कार्यदल गठन

काठमाडौं । नयाँ गठबन्धन दलहरूले मन्त्रालयको भागवण्डालगायत न्यूनतम साझ कार्यक्रम तयार गर्न चार सदस्यीय कार्यदल बनाएको छ । जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहेका छन् । कार्यदलको बैठक आजै अपराह्न बस्दैछ । यसैबीच नयाँ मन्त्रीहरूको शपथ ग्रहरण साँझ पाँच बजे हुँदै । नयाँ विनाविभागीय मन्त्री हुनेमा माओवादीबाट हितमान तामाङ, रास्वपाबाट डीपी अर्याल र एमालेबाट पदम गिरी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर