राष्ट्रपतिलाई भेट्न जाँदै प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । तीव्र गतिमा सत्ता समीकरणका घटनाक्रम बढेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास जाँदै गरेको प्रधानमन्त्री निकटस्थ सूत्रले जनाएको छ । नयाँ समीकरण गरी संघीय सरकार बनाउने समझदारी बनेपछिको बदलिँदो राजनीतिक परिस्थिति र नयाँ मन्त्रीहरूको नियुक्ति र शपथ ग्रहणका विषयमा छलफल गर्न प्रधानमन्त्री राष्ट्रपतिनिवास जान लागेका हुन् । प्रचण्डले आज पदम गिरी, रवि लामिछाने, उपेन्द्र यादव र वर्षमान पुनलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।  (तस्बिरः फाइल)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर