मौसम : आंशिकदेखि साधारणतया बदली रहने

काठमाडौं ।  हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। सोमबार देशभर आंशिकदेखि माैसम साधारणतया बदलीको अवस्था छ भने कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानसहित बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का बर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदलीको अवस्था रहने छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले सोमबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर