नयाँ सत्ता गठबन्धनलाई आकार दिन एमाले, माओवादी र रास्वपाको आकस्मिक बैठक

काठमाडौं । नयाँ सत्ता गठबन्धनलाई आकार प्रदान गर्न नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । पुरानो गठबन्धनलाई तिलाञ्जली दिन माओवादीले पदाधिकारी बैठक बोलाएको हो । बैठक बालुवाटारमा जारी छ ।
यसैगरी नेकपा एमालेको आकस्मिक रूपमा सचिवालयलको बैठक बसिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा बिहान ७ बजेदेखि बैठक बसिरहेको छ । एमालेको सचिवालय बैठक २५ गते बस्ने तय भएको थियो । तर नयाँ सत्ता गठबन्धन बन्ने भएसँगै एमालेले आकस्मिक रुपमा सचिवालय बैठक बोलाएको हो ।

यसैबीच सत्ता साझेदारको नयाँ घटन बन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पनि सचिवालय बैठक बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकमा वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल र आवश्यक निर्णय हुने बताइएको छ ।

यसैगरी जनता समाजवादी पार्टी नेपालले उपलब्ध कार्यकारिणी समितिको बैठक बोलाएको छ । पछिल्लो राजनीति घटनाक्रमको बारेमा छलफल गर्न अहिले बिहान बालकुमारीस्थित पार्टी कार्यालयमा बैठक बोलाएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर