आकाश चन्द नेपालको टी–२० टिममा सामेल

काठमाडौं । आकाश चन्दले पहिलोपटक नेपालको टी–२० टिममा मौका पाएका छन् । उनले हङकङमा आयोजना हुने टी–२० सिरिजको लागि नेपालको टी–२० टिममा मौका पाएका हुन् ।
आकाशले हालै मात्र एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए । गत फेब्रुअरीमा सम्पन्न आइसिसी यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि आकाशले टी–२० आई टिममा पनि मौका पाएका हुन् । उनले सो विश्वकपमा ५ खेलमा ९ विकेट लिएका थिए । यस्तै, युवा विकेटकिपर/ब्याटर लोकेश बमले लामो समयपछि राष्ट्रिय टिममा पुनरागमन गरेका छन् ।
प्रतिक्रिया