आज नेपाल–भुटानबिच खेल हुँदै

काठमाडौं । साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आज आफ्नो दोस्रो खेल खेल्दैछ। एन्फा मैदानमा दिउँसो ३ बजे हुने खेलमा नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ। नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २–० को हार व्यहोरको थियो भने भुटान भारतसँग ७–० ले स्तब्ध भएको थियो। प्रतियोगितामा नेपाल, भारत, भुटान र बंगलादेश गरी ४ टिम छन्।
प्रतियोगिताअन्तर्गत समूह चरणमा एकले अर्कासँग खेलेपछि शीर्ष २ टिमले उपाधि भिडन्त गर्नेछन्। नेपालले समूह चरणको अन्तिम खेलमा बिहीबार भारतसँग खेल्ने छ।
प्रतिक्रिया