राजनीतिमा नयाँ मोड, रवि गृहमन्त्री, एमाले सरकारमा जाँदै

काठमाडौं । पुरानो गठबन्धन लगभग भंग हुने र नयाँ समीकरण बन्ने प्रवल सम्भावना बढेर गएको छ । हिजो आइतबार साँझ र राति भएको कांग्रेस इतर राजनीतिक दलका नेताहरूको बाक्लो भेटघाटपछि पुरानो सत्ता गठबन्धन विघटनतर्फ अगाडि बढेको हो । अहिले बिहान ८ बजे बोलाइएको गठबन्धनको बैठकमा माओवादीले वर्तमान गठबन्धन विविधि कारणले अगाडि बढ्न नसकेकोे भन्दै गठबन्धन टिकाइ राख्नु औचित्य नभएको धारणा प्रस्तत गर्ने भएको छ ।

हिजो साँझ जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा तीन घन्टा लामो छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादवबीच नयाँ सत्ता गठबन्धनका आधारभूत विषयमा लगभग सहमति भएको बताइन्छ । त्यसै सिलसिलामा ओली, लामिछाने र प्रचण्डले रातारात भेटघाट गरेका हुन ।
नयाँ गठबन्धनमा भएको सहमतिअनुसार रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने छन् भने प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन्। त्यस्तै, नेकपा एमालेले राष्ट्रियसभा अध्यक्ष पाउने छ। ओलीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका असहमति रहेका बुँदामा पनि सहमति जनाउने वचन दिएको बुझिएको छ ।

ओलीको बालकोटस्थित निवासमा माओवादीका पुन र एमालेका पौडेल मिलेर नयाँ सत्ता गठबन्धनको अन्तिम खाका बनाउने छन्।
यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय सरकारमा सामेल भएका मन्त्रीहरूलाई जुनसुकै बेला पदबाट राजीनामा दिने गरी तयार रहन भनेका छन्। बूढानीलकण्ठस्थित आफ्नो निवासमा हिजो मन्त्रीहरूलाई बोलाएर सभापति देउवाले राजीनामा दिने मनस्थितिमा रहन बताएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर