कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी

काठमाडौं ।  साँफेबगर नगरपालिका –१ स्थित वैद्यनाथधाममा सञ्चालन भइरहेको कोटिहोमको मुख्य हवनकुण्डमा आगलागी भएको छ । वैद्यनाथ मन्दिर अगाडि मैदानमा रहेको मुख्य हवनकुण्डमा आगलागी हुँदा हवनकुण्ड जलेर नष्ट भएको छ । मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

हवन गर्नेक्रममा आगोको झिल्कोले खरले छाएको कुण्डमा आगो सल्किँदा आगलागी भएको अछाम प्रहरी प्रमुख सन्तोष पाठकले जानकारी दिए । स्थानीय, दर्शनार्थी र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ । १४४ वर्षपछि वैद्यनाथ धाममा कोटिहोम फागुन १० गतेबाट सञ्चालन भइरहेको छ । कोटिहोमको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए । कोटिहोम फागुन २५ गतेसम्म चल्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर