०८३ सालभित्र फास्ट ट्रयाक सम्पन्न हुने रक्षामन्त्रीको दावी

काठमाडौं । समस्या नै समस्या उत्पन्न भएको भनी स्वयं जिम्मा पाएको नेपाली सेनाले बताइरहेको बेला फास्ट ट्र्याकका सम्बन्धमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले २०८३ सालभित्र सम्पन्न हुने दावी गरेका छन् ।

संसदको माथिल्लो सदन राष्ट्रियसभा शुक्रबार बसेको बैठकमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिने क्रममा उनले २०८३ साल चैत मसान्तभित्र काठमाडौं–निजगढ फास्ट ट्रयाक निर्माणको काम सकिने दावी गरेका हुन् । ‘भौतिक प्रगति ३०.९६ प्रतिशत हासिल भइसकेकाले २०८३ साल चैत मसान्तभित्रै निर्माण सम्पन्न हुने कुरामा म आश्वस्त पार्न चाहन्छु’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर