सुन तोलामा ६ सय बढ्यो

काठमाडौं । सुनको मूल्य शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँ पुगेको छ । यसअघि प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँ पर्ने छापावाल सुनको मूल्य आज १ लाख १९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १८ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ । यसअघि यो चाँदीको मूल्य प्रतितोला १ लाख १७ हजार ८ सय ५० रुपैयाँ रहेको थियो । यता, चाँदी प्रतितोला १५ रुपैयाँले बढेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँ रहेको चाँदीलाई आज १ हजार ३ सय ९० रुपैयाँ पर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर