पल पोग्बालाई चार वर्ष लामो प्रतिबन्ध

काठमाडौं । फ्रान्सेली फुटबलर पल पोग्बालाई चार वर्ष लामो प्रतिबन्ध लगाइएको छ। इटालियन क्लब युभेन्ट्सका ३० वर्षीय मिडफिल्डरमाथि यो प्रतिबन्धसँगै उनको खेल करिअर करिब सकिएको छ। प्रतिबन्धित शक्तिवर्द्धक औषधि प्रयोग गरेको आरोप लागेका उनी डोपिङ जाँचका क्रममा फेल भएका थिए।
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडका पूर्वमिडफिल्डर पोग्बा गत अगस्टमा भएको डोपिङ जाँचमा फेल भएका थिए। ला रिपब्लिकाको रिपोर्ट अनुसार युभेन्ट्सका लागि खेलेको पहिलो सिजनमा गरिएको परीक्षणका क्रममा असफल भएका उनलाई बिहीबार इटालीमा डोपिङ् निरोधी अभियोजकको कार्यालयले कडा सजाय सुनाएको हो।
प्रतिक्रिया