राष्ट्रियसभा अध्यक्षलाई लिएर गठबन्धनमा सहमति हुने अध्यक्ष नेपालको दावी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियसभा अध्यक्ष पदका लागि हुने निर्वाचनमा गठबन्धनभित्र सहमति जुट्ने दावी गरेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा अध्यक्ष पदमा गठबन्धनभित्रका दलको छुट्टाछुट्टै दावी रहेपनि यसमा सहमति जुट्ने दावी गरे । उनले अहिले गठबन्धनभित्र कुनै प्रश्न खडा नभएको र बलियो जगमा उभिएको प्रस्ट पारे । उनले गठबन्धनभित्र केही दरार वा समस्या आए पनि छलफल गरेर सहमतिमा पुगिने जिकिर पनि गरे । अध्यक्ष नेपाल भरतपुर भ्रमण वर्ष २०२४ को उद्घाटन सत्रमा सहभागी हुन चितवन पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर