शर्मिला वाईबालाई चार दिन हिराशतमा राखी अनुसन्धान गर्न अनुमति

काठमाडौं । कलाकार पवन खतिवडा (म्याकुरी) लाई कुटपिट गरेको आरोपमा पक्राउमा परेकी सामाजिक अभियन्ता भनी दावी गरिएकी शर्मिला वाइबामाथि चार दिन थुनामा राखी अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति प्रदान गरेको छ ।
वाइबालाई प्रहरीले बुधबार सिन्धुपाल्चोकको बाह्रबिसेबाट पक्राउ गरेको थियो । कलाकार खतिवडाले आफूमाथि वाइबाले कुटपिट गरी अंगभंग गर्ने उद्योगमा लागेको भनी प्रहरीसमक्ष उजुरी जाहेरी दिइकी थिइन् । केही दिन अघि सञ्चारमाध्यममा शर्मिला वाइबाले पवनको घरभित्र गएर उनीमाथि हातपात गरेको घटना सार्वजनिक भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर