पहिचानवादीहरूको काठमाडौंको तीनकुनेमा प्रदर्शन, “नो कोशी” मुख्य माग

काठमाडौं । कोशी प्रदेशको नाम फेरिनुपर्ने माग राखेर विगत लामो समयदेखि संघर्ष गदैृ आएका पहिचानवादीहरूले काठमाडौंको तीनकुनेमा आज बिहीबार “नो कोशी” भन्दै कालो ब्यानसहित प्रदर्शन गरेका छन् । पहिचानवादीहरूसँग प्रदेशको नामकरणका सम्बन्धमा मिलनविन्दु खोज्न भनी कोशी प्रदेश सरकारले वार्ता समिति गठन गरेता पनि सकारात्मक नतिजा आउन सकेको छैन । कुनै पनि आलतमा कोशी प्रदेश हुनुहुँदैन भन्ने चट्टानसरह माग राख्दै आएका पहिचानवादीले दबाव सिर्जना गर्ने उद्देश्यले आज राजधानीमा प्रदर्शन गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर