नेप्से परिसूचक २८.६८ बिन्दुले घट्यो

काठमाडौं । फागुनको तेस्रो  साताको अन्तिम कारोबारको दिन आज बिहीबार नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से) सूचक २८.६८ बिन्दुले घटेको छ । २२० कम्पनीका शेयरधनीले घाटा ब्यहोरेका छन्‌ ।

नेप्सेमा दोहोरो अंकको ओरालो चल्दा सूचक १९७२.०९ बिन्दुमा झरेको छ । पछिल्लो समय मनोवैज्ञानिक विन्दु भनिएको २००० बिन्दुबाट नेप्से स्वाट्टै तल झरेको हो । हिजो ०.८७ अंकले घट्दा नेप्से २०००.७७ बिन्दुमा अडिएको थियो । बिहीबार भएको कारोबारमा जम्मा १७ कम्पनीको मात्रै शेयरमूल्य बढेको छ । ११ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।

जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा क्रमशः १० र ९.८६ प्रतिशत सर्वाधिक वृद्धि भएको छ । आजको कारोबारमा जोशी हाइड्रोपावर र अपर अपर स्याङ्गे हाइड्रोपावरका शेयरधनीले क्रमशः १० र ८‍.६२ प्रतिशत मूल्य गुमाएका छन्‌ ।

बिहीबार सर्वाधिक बढी शेयर कारोबार मूल्य सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको रहेको छ, जुन कम्पनीको ११ करोड १३ लाख १० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको हो । बजारमा गिरावट आए पनि अघिल्लो दिनको भन्दा कारोबार रकम भने केही बढेको छ । बुधबार २ अर्ब ३ करोडको कारोबार भएकोमा बिहीबार २ अर्ब ५९ करोड ८७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर