दुई सय रुपैयाँले महँगियो सुन

काठमाडौं । आज बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।
हिजो एक लाख १८ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा दुई सय रुपैयाँले बढेर एक लाख १८ हजार चार सय रुपैयाँ भएको छ ।
चाँदीको भाउमा भने तलमाथि भएको छैन । एक हजार तीन सय ७५ रुपैयाँ प्रति तोलमा आज चाँदीको कारोबार भइरहेको संघले जनाएको छ ।
प्रतिक्रिया