युद्धविरामका लागि इजरायलमा पदयात्रा

काठमाडौं ।  इजरायल गाजा युद्ध अन्त्यका लागि इजरायली सर्वसाधारणले पनि दवाब दिन थालेका छन् । हमासबाट मुक्त भएका बन्धक तथा उनीहरुका परिवार जेरुसलमबाट पदयात्रा गर्दै दक्षिण इजरायलको किबुट्ज रेइम नजिकै नोभा पर्व भएको ठाउँमा आइरहेका छन् ।गत ७ अक्टोबरमा हमासले अचानक आक्रमण गरी नोभा पर्व भइरहेको स्थानमा ठूलो नरसंहार गरेका थिए । हमासको कब्जामा रहेका बाँकी १ सय ३४ बन्धकहरुका तस्बिर बोकेर उनीहरुको सकुशल रिहाइका लागि पदयात्रा थालिएको हो ।

शान्तिका लागि थालिएको अभियानले सार्थकता पाउनेमा पदयात्रामा सहभागीहरु आशावादी बनेका छन् । पछिल्लो समय बढेको युद्धविरामको सम्भावनाले उनीहरु पनि उत्साहित भएका हुन् । नोभा पर्वको त्यो उत्सव स्थल, जहाँ सयौं इजरायलीहरू मारिएका थिए र सयौंलाई बन्धक बनाएर गाजा लगाएको थियो । हमासको कब्जामा आफ्ना प्रियजनले बिताएका पीडादायी समयको अन्त्य हुनुपर्ने माग पदयात्रामा सहभागीहरुको छ ।

युद्धविराम सम्झौता सम्भव भएको बताउँदै त्यसका लागि पहल गर्न सरोकारवालाहरुसँग आग्रह समेत गरिएको छ । अमेरिका, इजिप्ट र कतारी मध्यस्थकर्ताहरूले गत साता पेरिसमा वार्ता गरेपछि युद्धविरामको सम्भावना बढेको हो । आगामी सोमबारसम्ममा युद्धविरामको सम्झौता हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडनको भनाइले पनि आशा जगाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर