दक्षिण कोरियामा डाक्टरहरुको आन्दोलन जारी

काठमाडौं । दक्षिण कोरियाको सरकारले काम नफर्किने डाक्टरलाई नियन्त्रणमा लिएर लाइसेन्स रद्द गर्ने चेतावनी दिएको छ । डाक्टरको आन्दोलनले स्वास्थ्य सेवा प्रभावित भएको भन्दै सरकारले आजदेखि काममा फर्कन डाक्टरहरुलाई अल्टिमेटम दिएको हो ।

सरकारको आग्रहलाई अटेर गरे प्रदर्शनस्थलबाटै डाक्टरलाई नियन्त्रणमा लिएर जेल हाल्ने सरकारको तयारी छ । हजारौं जुनियर डाक्टरहरु अस्पताल छोडेर बाहिरिएका छन् । मुलुकभरका करिब तीन चौथाई कनिष्ठ डाक्टरहरूले गत हप्तादेखि काम छोडेको बीबीसीले जनाएको छ ।उनीहरुको आन्दोलनका कारण प्रमुख शिक्षण अस्पतालमा शल्यक्रियामा अवरोध र ढिलाइ भएको छ । तलबबृद्धि र डाक्टरको संख्या बढाउनुपर्ने भन्दै डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् ।

वृद्ध जनसंख्याको चाप बढ्दै जाँदा एक दशकपछि स्वास्थ्यकर्मीको अभाव झनै बढ्ने सरकारी आँकलन छ । डाक्टरहरुले काम छोडेपछि दक्षिण कोरियाको स्वास्थ्य सेवा अस्तव्यस्त भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर