मिटरब्याज पीडितको सरकारसँगको वार्ता निष्कर्षविहीन

काठमाडौं । मिटरब्याज पीडित र सरकारबीच बुधबार भएको वार्ता निष्कर्षविहीन भएको छ। गृहमन्त्रालयमा भएको वार्तामा मिटरब्याज पीडितले राखेका मागका बारेमा विस्तृत छलफल भएपनि कुनै निष्कर्ष निस्कन नसकेको मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले बताए । सरकारसँगको वार्ता र आन्दोलन निरन्तर सञ्चालन हुने उनको भनाइ छ।

सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पत्ति फिर्ता हुनुपर्ने, अधिकारसम्पन्न न्यायिक आयोग गठन हुनुपर्नेलगायतका ६ बुँदे मागसहित मिटरब्याज पीडितहरू बाहिर जिल्लाबाट आएर काठमाडौंमा आन्दोलन गर्दै आएका छन्। मिटर ब्याज पीडितलाई काठमाडौंमा आएर खर्चिलो आन्दोलन गर्नुभन्दा जिलामा सिडिओ अफिसमा सम्पर्क राख्न सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले सुझाव दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर