गिरफ्तारीको विरोधमा बैंकर संघले पेन डाउन गर्ने

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकको पूर्वसीओ तुलसी गौतम र मनोज न्यौपाने (हालप्रभु बैंकका वरिष्ठ डेपुटी सीइओ) सहित १० जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार गिरफ्तार गरेको विषयमा त्सको वैधानिकताबारे नेपाल बैंकर संघले छलफल गरेको छ। पक्राउ परेका बैंकमा कर्मचारीलाई रिहा नगरे पेन डाउन गर्ने छलफलको निष्कर्ष रहेको छ ।
छलफलमा एक पटक कर्जाका प्रवाहको विषय प्रहरी प्रशासनलाई स्पष्ट पार्ने तर प्रहरीले रिहा नगरेको खण्डमा पेन डाउन गरेर विरोध गर्ने छलफल भएको हो।
सीआइबीले गौतम र न्यौपानेले सेञ्चुरी बैंकमा रहँदा अधिक मूल्यांकन गरेर ऋण प्रवाह गरेको आरोपमा पक्राउ गरेको थियो ।
प्रतिक्रिया