राष्ट्रियसभाको अध्यक्ष पदमा माओवादीले उम्मेदवारी दिने निर्णय

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको अध्यक्ष पदमामा उम्मेदवारी दिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बिहान बसेको स्थायी कमिटी बैठकले उम्मेदवारी दिने निर्णय गरेको पार्टी प्रवक्ता एवं उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

सत्ता गठबन्धनबाट नेपाली कांग्रेसले पनि कृष्णप्रसाद सिटौलालाई अध्यक्ष पदमा उम्मेदवारी लिाउने तयारी गरिसकेको छ। यस्तो अवस्थामा गठबन्धनकारीहरूबीच मतैक्यता हुन नसकेपछि गठबन्धनका अन्य घटक अन्योलमा परेका छन् । माओवादीको स्थायी कमिटीको मंगलबारदेखि सुरु भएको बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभा अध्यक्षमा दाबी प्रस्तुत गर्नुपर्ने अडान राख्दा प्रधानमन्त्री एवं अध्यक्ष प्रचण्डलाई दबाव परेको थियो ।

माओवादीका एक नेताका अनुसार पार्टीले अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णयलाई रणनीतिका लागि रणनीति मात्र नभएको स्पष्ट पारे । माओवादीमा कांग्रेससँगको सत्ता समीकरण छोडेर एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच गठबन्धन गर्नुपर्ने मत जोडबलले उठ्दै आएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर