म्यानचेस्टर सिटीद्वारा लुटन टाउन ६-२ ले पराजित

काठमाडौं । अर्लिङ हालान्डले पाँच गोल गरेको खेलमा म्यानचेस्टर सिटीले लुटन टाउनलाई ६-२ ले पराजित गरेको छ। एफए कपअन्तर्गत भएको खेलमा फराकिलो जितसँगै सिटीले क्वाटरफाइनलमा स्थान बनायो।
यो हालान्डको सिटीका लागि आठौं ह्याट्रिक हो। साथै उनले दोस्रो पटक सिटीका लागि एकै खेलमा पाँच गोल गरे। सिटीले पहिलो हाफमा ३-१ को अग्रता बनाउँदा दोस्रो हाफमा थप गोल गरेको थियो। हालान्डले खेलको तेस्रो मिनेटमा हालान्डले सिटीलाई अग्रता दिलाए।
उनले पहिलो हाफमै ह्याट्रिक पूरा गर्ने क्रममा १८ औं मिनेटमा दोस्रो गोल गर्दा ४० औं मिनेटमा ह्याट्रिक पूरा गरे। उनले दोस्रो हाफमा थप दुई गोल गरेका थिए। ५५ र ५८ औं मिनेटमा गोल गरेका थिए। लुटनका लागि क्लार्कले ४५ र ५२ औं मिनेटमा गोल गरेका थिए।
प्रतिक्रिया