धरानमा विमानस्थल बनाउन सम्भव छैन : प्राधिकरण

काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन सम्भव नरहेको स्पष्ट पारेको छ । सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययन समितिले यस्तो निष्कर्ष निकालेको क्यानले जानकारी गराएको छ ।

‘तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने’ नीतिगत व्यवस्था छ । सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने र उक्त स्थानमा विमानस्थल बनाउन फिजवल समेत नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर