स्करपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु

काठमाडौं ।  हुलाकी सडक अन्तर्गत सर्लाहीको कौडेना गाउँपालिका–३, मा सोमबार राति भारतीय स्करपियो र मोटरसाइकल जुध्दा दुई युवकको मृत्यु भएको छ ।

मोटरसाइकलमा सवार रौतहटको माधवनारायण नगरपालिका–६, बस्ने २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवै युवकलाई उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाही प्रहरीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।

डिएसपी थारुका अनुसार राति ८ः२५ बजेतिर पूर्व पश्चिम हुलाकी सडकस्थित कौडेना गाउँपालिका ३ स्थित कौडेना र मुसैलीको बिच भागमा मलङ्गवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नै बीआर ०६ सी वाइ ५०८६ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनापछि स्कारपियो प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्करपियोका चालक भने फरार भएका र उनको खोजी भइरहेको डिएसपी थारुले बताए । सर्लाहीमा पछिल्लो समय भर्खरै कालोपत्रे भएको हुलाकी सडकमा दैनिक जसो सवारी दुर्घटना भइरहेका छन् । धेरैजसो मोटरसाइकल दुर्घटनामा परिरहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अधिकांश दुर्घटना चालकको लापरबाही र तीव्र गतिका कारण भइरहेको पाइएको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर