भृृकुटीमण्डपबाट मिटरब्याज पीडितलाई हटाउन खोजिएकोमा आपत्ति

काठमाडौं  । मिटरब्याज पीडितले वैकल्पिक व्यवस्थापनबिना नै भृकुटीमण्डपबाट हटाउन खोजिएकोप्रति आपत्ति जनाउँदै वैकल्पिक बासस्थानको व्यवस्था गर्न माग गरेका छन् ।

देशका विभिन्न जिल्ला झापा, सुनसरी, मोरङ, बाँके, बर्दिया, कैलाली, मकवानपुर लगायतका विभिन्न क्षेत्रबाट २५ दिन पैदल हिडेर राजधानी आइपुगेका मिटरव्याज पीडितहरुले माग गर्न दवाव दिन काठमाडौं आएका हुन् । हाल भृकुटीमण्डपमा बस्दैआएका उनीहरुलाई त्यो ठाउँ खाली गर्न प्रहरीले दबाब दिएको छ ।

मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति, नेपालका प्रवक्ता निर्घ नवीनले यसअघि अवधेश कुशवाहाको संयोजकत्वमा नौ जनाको वार्ता टोली निर्माण गरिएको बताए । सरकारले सोमबार बिहान वार्ता टोलीसँग वार्ता गर्ने निर्णय गरे पनि बैठक बस्न नसकेको उनले बताए ।

उनले भने, “वार्तामा बोलाएको नाटक गरेर अर्को धोकाबाजी, षड्यन्त्र भइरहेको छ । नौ जनाको वार्ता टोली पठायौं, आज बिहान ११ बजे बैठक बस्नेगरी निर्णय भएको थियो । त्यसपछि जहाँ बसिरहेका छौं, यहाँबाट हटाउन धेरै प्रयत्न गर्नुभयो । यसो हो भने वार्ता गर्नुको नियतमाथि शंका भएपछि वार्तामा सामेल हुन सकिँदैन भन्ने एउटा धरातल निर्माण भयो ।” प्रहरीले बल प्रयोग गरेर त्यस क्षेत्रबाट हटाउन खोजेको भन्दै मिटरब्याज पीडित थप आक्रोशित बनेको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर