भजन शिरोमणि भक्तराज आचार्यको निधन

काठमाडौं ।  भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । लामो समयदेखि अल्जाइमरबाट पीडित आचार्यको उपचारको क्रममा आज ललितपुर स्थित मेडिसिटी अस्पताल निधन भएको उनको परिवारजनले जानकारी दिएको छ ।

“मुटु जलिरहेछ, हजार सपनाको माया लागेर आउँछ , माया मेरी साँझ बनी डोली चढी आउँछिन्”  जस्ता कालजयी गीतहरु तथा तन मन वचनले प्रभु नाम गाऊ, हरेराम हरेकृष्ण भन्दै रमाऔं भन्ने लोकप्रिय नेपाली भजनहरु गाएका आचार्यको जन्म विक्रम सम्वत १९९९ असोजमा भएको थियो । उनको अन्तिम संस्कार भोलिमात्र गरिने परिवारका सदस्यले जनाएका छन् ।   


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर