लिभरपुललाई काराबाओ कपको उपाधि

काठमाडौं ।  लिभरपुलले काराबाओ कपको उपाधि जितेको छ। आइतबार लन्डनस्थित वेम्बलीमा चेल्सीलाई १-० गोलले पराजित गरेर लिभरपुल च्याम्पियन भएको हो। उसको जितमा डच डिफेन्डर भर्जिल भान डाइकले अतिरिक्त समयको अन्त्यमा हेडमार्फत गोल गरे।

उपाधिसँगै लिभरपुलले कीर्तिमानी दसौं पल्ट लिग कप उचालेको छ। निर्णायक गोल गर्नुअघि पनि भान डाइकले गोल गरे पनि ‘भार’ ले अमान्य घोषणा गरेको थियो। निर्धारित समयको खेल गोलरहित सकिएको थियो भने एक्स्ट्रा समय सकिन दुई मिनेट बाँकी छँदा उनले गरेको गोल निर्णायक सावित भयो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर