नगदसहित जुवा खालबाट १० जना पक्राउ

काठमाडौं ।   काठमाडौंको महाराजगन्जस्थित ​ विनिता गिरीको फल्याटमा आइतबार जुवा खेलाइरहेको अवस्थामा प्रहरीले छापा मारेर १० जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूसँग करिब डेढ लाख नगद पनि बरामद भएको छ ।

पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका-९ का ५८ वर्षीय प्रेम अर्याल, वडा नम्बर ३ का ५० वर्षीय राम लामा, संखुवासभाको चिचिला गाउँपालिका-३ का ४२ वर्षीय चेतन राई र दोलखा भिरकोट नगरपालिका- ४ का ३३ वर्षीय दीपक शर्मा रहेका छन् । यस्तै, सोलुखुम्बुको सोताङ गाउँपालिका-१ का ४० वर्षीय खगेन्द्र लामिछाने, काठमाडौंको तार्केश्वर नगरपालिका-६का ४० वर्षीय एकलाल आमगाई, म्याग्दीको बेनी-१ का ३३ वर्षीय पुनम थापा पक्राउ परेका छन्।

यस्तै, पक्राउ पर्नेमा ज्यामिरे गाउँपालिका-१२ की २९ वर्षीया दिपा कार्की, सुनसरीको धरान उपमहानगरपालिका-४ कि ४३ वर्षीया बिनीता गिरी र काठमाडौंकै ३९ वर्षीया मनिषा कार्की रहेको प्रहरीले जनाएको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर