पशुपतिको जग्गा खोज्न समिति गठन

काठमाडौं  ।  पशुपति क्षेत्र विकास कोषको जग्गा खोजीका लागि पूर्वसचिव दामोदर रेग्मीको नेतृत्वमा समिति बनेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पशुपति क्षेत्र विकास कोषको नाममा देशभर रहेको जग्गा खोजीका लागि समिति बनाएको हो।

मन्त्रालयले आइतबार गठन गरेको ५ सदस्यीय समितिका सदस्यहरुमा पूर्वसहसचिव देवराज ढकाल, पशुपति क्षेत्र विकास कोषका कानुनी सल्लाहकार हरिनाथ ढकाल, मन्त्रालयका उपसचिव शिवराज रेग्मी र पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव राजु केसी रहेका छन्। गुठी र क्षेत्र विकास कोषका नाममा लिच्छवीकालबाटै विभिन्न दाताहरुले दान गरेको जग्गा पछिल्ला समय व्यक्तिले हडप्ने क्रम बढेसँगै खोजीका लागि समिति बनाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर