चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाएको छ । विभागले गरेको स्वास्थ्य संस्थाजन्य फोहोर व्यवस्थापन अनुगमनका क्रममा आइतबार चार वटा अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको हो ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कलंकीको सहिद मेमोरियल अस्पताल, नेपाल नेशनल अस्पताल, चावहिलस्थित दीर्घायु गुरु अस्पताल र ओम अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइएको जानकारी दिए । उनका अनुसार सहिद मेमोरियल अस्पताल र नेपाल नेशनल अस्पताल गत शुक्रबार र चावहिल क्षेत्रका अस्पतालको आइतबार आज अनुगमन गरिएको थियो ।

यसरी फोहोर रोक लगाइएका अस्पतालहरुलाई सङ्क्रमित फोहोर नि:सङ्क्रमण गर्ने योजना, अस्पताल दर्ता तथा सञ्चालन गर्ने क्रममा फोहोरमैला व्यवस्थापनका लागि गरिएका प्रतिवद्धतासँग सम्बन्धित कागजपत्र, अहिले फोहोर व्यवस्थापनका लागि सहकार्य गरिएका संघसंस्थाहरुको विवरण लिएर तीन दिनभित्र महानगरपालिकाको वातावरण व्यवस्थापन विभागमा उपस्थित हुन आग्रह गरीएको मानन्धरको भनाई छ ।  महानगरपालिकाले यस अघि महाराजगञ्जमा रहेको कान्ति बाल अस्पतालको फोहोर सङ्कलनमा रोक लगाइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर