धादिङमा जिप दुर्घटनाः एक जनाको मृत्यु

काठमाडौं । धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नम्वर ८ काउले भन्ने स्थानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । धुनीवेशी नगरपालिकास्थित नौविसेदेखि काउले गाउँतर्फ जाँदै गरेको बा १६ च ८११३ नम्वरको सो जिप कच्ची सडकबाट एक सय पचास मिटर तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा काउले निवासी ८१ वर्षीय शेरवहादुर तामाङ्ग भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ । दुर्घटनाका अन्य पाँचैजना घाइतेहरुलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर