बायर्न म्युनिखले लेइपजिंगलाई २-१ गोल अन्तरले पराजित

काठमाडौं ।  जर्मनीको बुण्डेसलिगाअन्तर्गत बायर्न म्युनिखले आरबी लेइपजिंगलाई पराजित गरेको छ । गए राती सम्पन्न खेलमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखका लागि दुवै गोल ह्यारी केनले गरेका थिए । उनले खेलको ५६ र ९१औ मिनेटमा गोल गरेका थिए । त्यसैगरी आरबी लेइपजिंगका लागि एक गोल बेन्जामिन सेस्कोले गरेका थिए । पछिल्ला तीन खेलमा हार बेहोरेको बायर्न म्युनिखको चौथो खेलमा पहिलो जित हो । लगातार हार बेहोरेपछि केहि दिन अघि मात्र बायर्नले आफ्ना प्रशिक्षक थोमस टुचेलसँगको सम्झौता यस सिजनको अन्त्यसंगै समाप्त गर्ने निर्णय गरेको थियो ।

यो जितपछि बायर्न म्युनिखको २३ खेलमा ५३ अंक भएको छ र लिगमा दोस्रो स्थानमा छ । शिर्ष स्थानमा रहेको लिभरकुसेन यस सिजनमा अहिलेसम्म अपराजित रहदै २३ खेलमा ६१ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी आरबी लेइपजिंगको यो हारपछि २३ खेलमा ४० अंक भएको छ र लिगमा पाँचौं स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर