संसदको आजको बैठकमा पनि अवरोध हुन सक्ने सम्भावना

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले बिहान ११ बजे बस्न लागेको आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी (दोस्रो संशोधन) बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।

यसअघि शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रतिपक्षी तीन दलले संसद अवरोध गरेका थिए । सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध बैठक सञ्चालन गर्न नसकिने प्रतिपक्षी दलले अडान राखेको थियो । आजको बैठक पनि चल्न नदिने प्रतिपक्ष दलहरुको तयारी रहेको बुझिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर