चोरी भएको बालिका र आमा केएमसी अस्पतालमा भर्ना

काठमाडौं ।  प्रसूति तथा स्त्रीरोग अस्पतालबाट चोरी भएको बालिका र आमालाई सिनामंगलस्थित केएमसी अस्पतालमा भर्ना गरिएको छ ।

बच्चा र आमाको स्वास्थ्यमा समस्या देखिएका पछि उनीहरूलाई शनिवार केएमसी अस्पतालमा भर्ना गरिएको हो । थापाथलीस्थित प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्डबाट शुक्रवार २२ वर्षीय सविना श्रेष्ठको बच्चा चोरी भएको थियो । उनी काभ्रेपलान्चोक चौरीदेउराली गाउँपालिका–३ घर भई काठमाडौंको कपनमा बस्दै आएकी थिइन् । उनको २२ दिनको छोरी चोरिएको थियो ।

हाल शिशु चोरी गर्ने महिलालाई काठमाडौं प्रहरी परिसर टेकुमा राखिएको छ । उक्त घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर