मौसम : पहाडी भेगमा आंशिक बदली, अन्त सफा रहने

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले शनिबार बिहान देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोसी र बागमती प्रदेशकोकाउच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।

महाशाखाका अनुसार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। स क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोसी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ। मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ- ‘गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक/दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान साथै कोसी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत  कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्नसक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर