आन्दोलनरत किसानको सडकमै सुतेर विरोध

काठमाडौं । स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने र मोही किसानलाई जग्गा दिनुपर्ने मागसहित चार दिनदेखि जिल्ला प्रशासन कार्यालय दाङको गेटमा धर्नामा बसेका किसानले शुक्रवार दिउँसो १२ बजेदेखि १२ : ३० बजेसम्म घोराहीको भानुचोकमा सडकमै सुतेर विरोध जनाएका हुन् ।

गुठी पीडित मोही किसानका समस्यालाई सरकारले गम्भीरतापूर्वक नलिएको र जसका कारण किसानहरु मोही हकबाट वञ्चित हुनुपरेकाले बाध्य भएर आन्दोलन गर्नुपरेको मोही किसान शेरबहादुर चौधरीले बताउनुभएको छ । मोही अधिकार कार्यान्वयन गर्नुपर्ने, गुठी जग्गा रैगर गर्नुपर्ने, मोही अधिकारबाट किसानलाई वञ्चित गर्न नपाइने लगायतका माग राख्दै दबाब सिर्जना गर्ने उद्देश्यले सडकमै सुतेर आन्दोलन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर