त्रिविको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजंग बराल नियुक्त भएका छन् । पोखरा विश्वविद्यालयका पूर्वउपकुलपति समेत रहेका बराल सत्ताको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्र निकटका व्यक्ति हुन् ।

विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्रिविको रिक्त उपकुलपति पदमा बराललाई नियुक्त गरेको सचिवालयले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।

उपकुलपतिका लागि ४३ जनाले आवेदन दिएकामा ‘सर्टलिस्ट’ मा १४ जना परेका थिए। तीमध्ये तीन जनाको नाम कुलपति समेत रहेका प्रधानमन्त्री दाहाल लाई आइतबार सिफारिस गरिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर