उच्च अदालत पुगे सन्दीप लामिछाने
काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने उच्च अदालत पाटन पुगेका छन् । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उनि उच्च अदालत गएका हुन् ।
आजै निवेदन दर्ता गर्न उनी कानून व्यवसायीसहित अदालत पुगेका थिए । जिल्ला अदालत काठमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया