प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । हुम्ला चंखेली गाउँपालिका–३ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाही, इञ्जिनियर रुद्रबहादुर वली र असिस्टेन्ट सबइन्जिनियर हर्कधन बुढाविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेले मिमि वडा कार्यालयको फिल्ड निर्माण योजनामा अनियमितता गरेको भन्ने उजुरी कार्यालयमा परेको जानकारी दिए । सो उजुरीका आधारमा अनुसन्धान हुँदा फिल्ड निर्माण कार्यमा फिल्डको वास्तविक भए गरेको कार्यभन्दा बढी मूल्याङ्कन गरी नापी किताबमा चढाइ हस्ताक्षर गरी निर्माणस्थलमा भए गरेको कार्यभन्दा बढी तथा साइटमा नगरे नगराएको परिमाणको झुट्टा बिल भरपाई तथा कार्यसम्पन्न प्रतिवेदन तयार एवम् स्वीकृत गरी ११ लाख ९४ हजार ४२६ बढी भुक्तानी दिई भ्रष्टाचार गरेको पुष्टि भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

यसैगरी, तत्कालीन उपभोक्ता समितिका अध्यक्ष गोर्ख बुढा, सचिव मानबहादुर ऐडी र कोषाअध्यक्ष डल्ली बुढाले वास्तविक रुपमा भएको कार्यभन्दा बढी भुक्तानी माग गरी ११ लाख ९४ हजार ४२६ रुपियाँ भुक्तानी लिने कार्य गरी भ्रष्टाचार गरेको ठहर अख्तियारको छ । अध्यक्ष बुढा, सचिव ऐडी र कोषाअध्यक्ष बुढाविरुद्ध सोही रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना गरी बिगो जफत हुन मागदाबी लिइएको छ ।

साथै चंखेली गाउँपालिका–घ का वडाध्यक्ष सालिग्राम ऐडीले आ।व। २०७४र ण्७५ मा सञ्चालित चंखेली गाउँपालिका–घ स्थित मिमि वडा कार्यालयको फिल्ड निर्माण कार्यमा नभए नगरेको कार्यलाई समेत भए गरेको भनी सिफारिस तथा प्रतिवेदनसमेत दिई भ्रष्टाचार गरेको आरोप छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ड को उपदफा ९घ० बमोजिमको कसुर गरेकले ऐडीलाई सोही दफा ८९३० बमोजिमको सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर