किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन् : लामिछाने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशभरका किसानको समस्यालाई नजरअन्दाज नगर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको शून्य समयमा सभापति लामिछानेले आफ्नो निर्वाचन क्षेत्र र देशैभरका दूध उत्पादक किसान समस्यामा रहेको भन्दै आपत्ति जनाएका हुन्।

‘मेरो निर्वाचन क्षेत्र र देशैभरिका दूध किसान र मह किसान मारमा परेका छन्, अर्कोतिर पाउडर दूध र विदेशबाट आयातीत महले स्थान पाएका छन्,’ सभापति लामिछानेले भने, ‘किसानको आन्दोलनलाई नजरअन्दाज गर्‍यो भने किसानले सरकार ढाल्नेसम्मको क्षमता राख्छन्, होसियार हुनुहोला।’ उनले निर्वाचन क्षेत्रका वन, सडक र मिटरब्याज समस्या समाधानबारे सरकारको ध्यानाकर्षण गराए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर