लिभरपुलद्वारा लुटन टाउन पराजित, सिटीले ब्रेन्टफोर्डलाई हरायो

काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लुटन टाउनलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले लुटन टाउनलाई ४–१ गोल अन्तरले हराएको हो । जीतसँगै लिभरपुल २६ खेलबाट ६० अंकसहित अंकतालिकामा पहिलो स्थानमा छ भने लुटन टाउन २५ खेलमा २० अंकसहित १८ औँ स्थानमा छ ।
यस्तै, हिजै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर सिटीले ब्रेन्टफोर्डलाई १–० गोलले हराएको छ । म्यानचेष्टर सिटीको २५ खेलमा ५६ अंक छ । ब्रेन्टफोर्ड २५ खेलमा २५ अंकसहित तालिकामा १४ औँ स्थानमा छ ।
प्रतिक्रिया