माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार बैठक आज बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको हो । बैठक पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ ।

बैठकमा पार्टी पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत/वैशाखमा हुने अभियानको कार्यक्रम र कमान्डर तोक्नेलगायतका विषयमा छलफल हुने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर