नेपाल एले क्यानडा-११ सँग आज तेस्रो तथा अन्तिम खेल खेल्दै

काठमाडौं । नेपाल एले क्यानडा-११ सँगको तीन खेलको एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेल खेल्दै छ ।
खेल बिहान साढे ९ बजे मुलपानी क्रिक्रेट मैदानमा हुँदैछ । यसअघि भएका २ खेलमध्ये पहिलो खेल क्यानडा-११ ले ४ विकेटले जितेको थियो भने दोस्रो खेल नेपालले २ विकेटले जित्दै शृङ्खला १-१ को बराबरी गरेको छ ।
आजको खेल जित्ने टोलीले यो शृङ्खला २-१ ले जित्नेछ । नेपालले पहिलो खेल विनोद भण्डारीको कप्तानीमा खेलेको थियो भने दोस्रो खेल सन्दीप जोराको कप्तानीमा खेलेको थियो ।
प्रतिक्रिया