लुम्बिनीमा नोबेल शान्ति पुरस्कार विजेताहरूको जमघट हुँदै

काठमाडौं । लुम्बिनीमा आयोजना हुन लागेको शिखर सम्मेलनमा सन् २०१४ का नोबेल पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित विभिन्न राष्ट्रका नौ जना नोबेल शान्ति पुरस्कार विजेताहरू आउँदैछन् । फागुनको अन्तिम साता नोवल पुरस्कार विजेताहरु तथा विश्वका ‘अब्बल’ साहित्यकारहरू शान्तिभूमि लुम्बिनीमा एक साथ जमघट हुने भएपछि लुम्बिनीमा छुट्टै खालको रौनकता शुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एण्ड, लिडर्स शिखर सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा साहित्यिक लेखन र अनुसन्धानमा निखारिएका विश्वका विभिन्न देशका नौ जना नोबेल पुरस्कार विजेताको सहभागिता हुने निश्चित भइसकेको छ । सम्मेलनमा विभिन्न देशका दुई सय भन्दा बढी विकास साझेदार लुम्बिनीमा सहभागी हुने निश्चित भइसकेको छ । बालबालिकामाथि हुने हिंसा, बालश्रम, बालविवाह र बालबालिका बेचविखनलाई नियन्त्रण एवं न्यूनीकरण गर्दै लुम्बिनीमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यसहित सम्मेलन गर्न लागिएको प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोषकुमार पाण्डेयले बताए ।
लुम्बिनीमा साहित्य, शान्ति, भौतिक, रसायन, क्रियाविज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउनु भएका व्यक्तिहरू आउने तय भएको छ । सम्मेलनले लुम्बिनीको विकासमा विश्वको ध्यानसमेत केन्द्रित गर्ने विश्वास गरिएको लुम्बिनी बिकास कोषका सदस्य सचिव सानुराजा शाक्यले बताए । विश्वभर लुम्बिनी क्षेत्रको महत्व दर्शाउने र पर्यटन प्रवर्द्धन एवं विकास साझेदार भित्र्याउने सम्मेलनले संसारले चिन्ने पवित्र भूमिलाई प्रचार र पहिचान गर्दै लुम्बिनीलाई विश्व समुदायमा ‘ब्रान्डिङ’ गर्न सहयोग गर्ने देखिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर