उपत्यकामा ट्याक्सी व्यवसायीहरूको विरोध प्रदर्शन

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले आन्दोलन सुरु गरेका छन् । सरकारले क्षतिपूर्तिको व्यवस्था नगरी विद्युतीय ट्याक्सी नेपाल भित्र्याउने निर्णय गरेको भन्दै उनीहरुले त्यसको विरोधमा तीनकुनेमा र्‍यालीसहितको विरोधसभा गरेका हुन् ।

१० लाख रुपैयाँ क्षतिपूर्ति दिएर मात्रै विद्युतीय टयाक्सी खरिद गर्ने प्रक्रिया अघि बढाउन माग गर्दै विरोधको कार्यक्रम गर्नु परेको ट्याक्सी व्यवसायी स्वरोजगार मजदुर संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका संयोजक राम थापाले विद्युतीय टयाक्सी खरिदमा भन्सार छुट गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

नेपाली पहिचान हुने गरी इम्बोस्ड नम्बर प्लेटको व्यवस्था गर्न, बीमामा हुने झन्झटिलो प्रक्रिया हटाउन पनि सरकारसँग माग गरेका छन् । टयाक्सी व्यवसायीहरुले स्वस्थ प्रतिस्पर्धाको आधारमा टयाक्सी खरिद गर्न पाउनुपर्नेतर्फ पनि सरकारको ध्यानकर्षण गराएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर