वैदेशिक व्यापारमा आयात-निर्यात घट्यो, ८ खर्बभन्दा बढी व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को सात महिना अर्थात साउनदेखि माघ महिनासम्मको वैदेशिक व्यापारमा आयात निर्यात दुबै घटेको छ । यस अवधिमा आयात २.३१ प्रतिशतले घटेको छ भने निर्यात ७.०७ प्रतिशतले घटेको छ ।   भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालू आवको माघ महिनासम्ममा ८६ अर्ब ८३ करोड ९ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा ९३ अर्ब ४३ करोड २३ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

त्यस्तै, यस अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा ९ खर्ब १९ अर्ब १६ करोड ५३ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

यस अवधिमा नेपालले ८ खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले ८ खर्ब ११ अर्ब ११ करोड २९ लाख व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा १.७७ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ८ खर्ब २५ अर्ब ७३ करोड ३० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।  माघ महिनासम्म ९ खर्ब ८४ अर्ब ७७ करोड ४८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १० खर्ब १२ अर्ब ५९ करोड ७६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर