मुग्लिङ– नारायणगढ सडकखण्ड अब उपरान्त बन्द नगरिने

काठमाडौं । पुल निर्माणका लागि बन्द गरिँदै आएको मुग्लिङ– नारायणगढ सडकखण्ड अब उपा्रान्त बन्द नगरिने भएको छ । पहाड काट्ने म्याद यही फागुन १२ गतेुम्म बाँकी रहेको र सो अवधि भित्र सम्पूर्ण काम सकिसक्ने हुनाले अब दिउँसोको समयमा बन्द गरिँदै आएको सडक सुचारु रहने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी बताए।

उनले भने, “अब काम करिब अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको ६ दिनमा धेरै भाग कटान गरिने छ ।” इन्जिनियर आचार्यले सो समयमा कटान बाँकी रहेमा अन्य उपायबाट कटान गरी सवारीसाधन खुला गरिने जानकारी दिए । जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो । पहिलो चरणको समयमा काम नसकिएपछि समय थप गरेर फागुन १२ गतेलाई समय दिइएको थियो । भरतपुर महानगरको भ्रमण वर्षको उद्घाटन फागुन १८ गते हुने भएकाले आयोजनाले पहाड फोड्ने कामलाई तीव्रता दिएको छ । सडक बन्द गरेर काम गर्दा भ्रमण वर्षलाई असर पर्ने भएकाले यही १२ गतेपछि मुग्लिङ–नारायणगढ सडकखण्डमा गरिँदै आएको बन्द हट्ने आयोजनाले जानकारी दिएको छ ।

उच्च क्षमताका तीन वटा एक्साभेटर प्रयोग गरेर चट्टान काट्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले काममा ढिलाइ भएको सूचना अधिकारी आचार्यले बताए । ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर चट्टान स्पिलटर र हाइड्रोलिक ज्याक हेम्भर प्रयोग गरेर काट्दै आएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर चट्टान काट्ने कार्य अन्तिम प्रयास हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर