वीरगन्जमा जारी कर्फ्यु यथावत् रहने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले तीन दिनदेखि वीरगन्जमा जारी कर्फ्युलाई आज बिहान ४ घण्टाका लागि स्थगित गरेको छ । स्थानीय प्रशासनले सोमबार साँझ ५ बजेदेखि वीरगन्जमा लगाएको कर्फ्युलाई बिहान ६ बजेदेखि १० बजेसम्मका लागि स्थगित गरेको हो ।

सर्वसाधारणलाई दैनिक उपभोग्य वस्तुको खरिदबिक्रीका लागि कर्फ्युलाई चार घण्टा स्थगित गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लमसालले बताए । उनले ११ बजेपछि पूर्व निर्धारित क्षेत्रहरुमा लाग्दै आएको कर्फ्यु अर्को आदेश नभएसम्मका लागि यथावत् राख्ने निर्णय गरिएको पनि बताए ।

रौतहटको विषयलाई लिएर सोमबार वीरगन्जमा भएको विरोध जुलुसपछि ठाउँ–ठाउँमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएपछि शान्ति सुरक्षालाई कायम राख्‍न प्रशासनले अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो । ननगरको सुरक्षा व्यवस्थालाई कायम राख्‍न स्थानीय प्रशासनले वीरगन्जको चोक–चोकमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर