गाजामा युद्धविराम प्रस्तावमाथि अमेरिकी भिटो

काठमाडौं ।  गाजामा तत्काल युद्धविरामको माग गर्दै अल्जेरियाले संयुक्त राष्ट्रसंघमा दर्ता गराएको प्रस्ताव अमेरिकाले बिफल बनाएको छ । अमेरिकाले भिटो प्रयोग गरेपछि प्रस्ताव अस्वीकृत भएको हो ।

गाजामा अस्थायी युद्धविरामको आग्रह गर्दै आफ्नै मस्यौदा प्रस्ताव गरेपछि अमेरिकाले भिटो लगाएको हो । गाजामा जारी युद्ध अन्त्य गर्न अल्जेरियाली प्रस्ताव बाधक हुने तर्कसहित अमेरिकाले अस्थायी युद्धविरामको प्रस्ताव दर्ता गरेको छ ।

अमेरिकी कदमले गाजाको रफाह सहरका लाखौं सर्वसाधारणको जीवन थप अन्यौलपूर्ण भएको प्यालेस्टिनी अधिकारीहरुको प्रतिक्रिया छ । यसमा अमेरिकाकै कतिपय सहयात्री राष्ट्रहरु समेत सन्तुष्ट छैनन् । १५ सदस्यीय सुरक्षा परिषदमा रहेका १३ देशले अल्जेरियाको प्रस्तावलाई समर्थन गरेका थिए भने बेलायत मतदानमा सहभागी भएन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर