केलियन एमबाप्पे रियल मड्रिड जान सहमत

काठमाडौं । पेरिस सेन्ट जर्मेन पीएसजीका फरवार्ड केलियन एमबाप्पे रियल मड्रिड जान सहमत भएका छन् । फ्रान्सेली फरवार्ड यसै सिजन रियल मड्रिड जान सहमत भएका हुन् ।

फ्रान्सका २५ वर्षका कप्तानले पीएसजी छाड्ने इच्छा ब्यक्त गर्दै आएका थिए । आगामी जुनमा उनको पीएसजीसँगको सम्झौता सकिदैछ । एम्बाप्पेले रियल मड्रिडसँग सम्झौता गरिसकेका छैनन् तर दुवै क्लब यस च्याम्पियन्स लिगमा नभेटिने अवस्थामा सम्झौताको घोषणा हुन सक्नेछ ।

विश्व विजेता एमबाप्पले पीएसजीका लागि कीर्तिमानी २ सय ४४ गोल गरेका छन् । एम्बाप्पे आफ्नो भविष्यको विषय मार्च अघिनै टुङ्गो लागोस् भन्ने चाहन्छन् । फेब्रुअरी १३ मा प्रशिक्षणमा जानु अघि उनले क्लबका अध्यक्ष नासिर अल खालिफासँग भेट गरेका थिए । उनले आफुले पीएसजी छाडेर रियल मड्रिड जान लागेको बताएका थिए ।

गत बिहीबार यो रिपोर्ट बाहिर आएको थियो । त्यसपछि एम्बाप्पेलाई प्लेईङ सेट बाहिर राखेर पीएसजी शनिबार नान्ट्सविरुद्ध उत्रिएको थियो । बेन्चबाट मैदान आएका एमबाप्पेले पेनाल्टीमा गोल गर्दै लिग वानमा क्लबलाई स्पष्ट १४ अंकको अग्रता दिलाएका थिए ।

एम्बाप्पेले रियल मड्रिडसँग ५ वर्षको सम्झौता गर्ने बताईएको छ । उनले स्पेनिस जायन्टबाट सिजनको १५ मिलियन युरो प्राप्त गर्नेछन् । सम्झौता हस्ताक्षर वापत एम्बाप्पले १ सय ५० मिलियन युरो हात पार्नेछन् । इमेज अधिकार वापत प्राप्त हुने रकमको केही प्रतिशत उनीसँग यथावत रहनेछ ।

रियल मड्रिडका प्रशिक्षक कार्लोस एन्सेलोटीले यसअघिनै एम्बाप्पेलाई टिममा कसरी प्रयोग गर्ने विषयमा बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर